प्रधानमन्त्री ओलीद्वारा मेलम्ची र हेलम्बु क्षेत्रको निरीक्षण प्रति परीवार ५० हजार दिने घोषणा

२६ असार २०७८, शनिबार १५:१७ प्रकाशित

सिन्धुपाल्चोक २६ आषाढ :

प्रधानमन्त्री केपी ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्नुभएको छ ।

बाढी गएको २५ दिनपछि प्रधानमन्त्री ओली शनिबार बाढीग्रस्त क्षेत्रमा पुग्नुभएको हो ।

नेपाली सेनाको हेलीकोप्टरमा आएका ओलीले हेलम्बुमा बाढीले पुर्याएको क्षति अवलोकन गर्नुभएको थियो।
हेलम्बुमा ओलीलीले बाढी प्रभावितका लागि तत्काल अस्थायी आवासका लागि एक हजार पाँच सय बन्डल जस्ता तथा प्रति परिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिनुभएको छ।

प्रधानमन्त्रीओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ। हेलम्बु अवलोकन पछि मेलम्ची पुग्नु भएका ओलीले गाडीबाट बजार घुमेपछि मेलम्ची टारबाट बाढीले क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको हो।

२६ असार २०७८, शनिबार १५:१७  मा प्रकाशित

Write your Comment