नेप्से ४५ अङ्कले घट्यो, झन्डै १० अर्ब रुपैयाँको कारोबार

२८ असार २०७८, सोमबार १७:१६ प्रकाशित

आइतवार ७४ अङ्कले बढेको शेयर बजार परिसूचक आज साेमवार भने ४५ अङ्कले घटेको छ । म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४५ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार आठ सय ५४ दशमलव ७६ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर साढे २२ अङ्कले, विकास बैंकको शेयर ९८ अङ्कले, व्यापार र जलविद्युतको ६० अङ्कले, होटलको एक सय ६ अङ्कले र उत्पादन समूहको शेयर एक सय १८ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको शेयर २१ अङ्कले, माइक्रोफाइनान्स समूहको शेयर ७२ अङ्कले, जीवन बीमा समूहको दुई सय ५४ अङ्कले, निर्जीवन बीमा समूहको शेयर दुई सय ४० अङ्कले, अन्यको ३१ अङ्कले र लगानी समूहको शेयर झन्डै तीन अङ्कले घटेको छ ।

आज दुई सय २९ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर नौ अर्ब ९८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको ४७ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

आज युनियन र खानीखोला हाइड्रो तथा ओरियन्टल होटलको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि समृद्धि फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

२८ असार २०७८, सोमबार १७:१६  मा प्रकाशित

Write your Comment