विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको संकेत

२८ असार २०७८, सोमबार २०:०४ प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने फैसला सुनाएपछि बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको बताएका हुन् ।
कोटेश्वरमा आफ्नो निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा एमाले नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘कार्यदल स्तरमा एउटा सहमति पनि भएको छ । अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्न हुन्छ हेर्नुपर्छ ।’

उनको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन् । यद्यपि नेता नेपालले धेरै खुलेर नबोलेको उनले सुनाए ।

२८ असार २०७८, सोमबार २०:०४  मा प्रकाशित

Write your Comment