काठमाडौं २९ आषाढ :
नेकपा एमालेको आन्तरिक एकताका लागि गठित वार्ता टोलीका नेताहरु १० बुँदे सहमति बरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाउन कोटेश्वर पुगेका छन् ।
आइतवार राति कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेको सहमतिप्रति माधव नेपाल असन्तुष्ट छन् । नेपालसहितको स्थायी कमिटी बैठकबाट सहमति अनुमोदन गर्ने तयारी भइरहेका बेला कार्यदलका सदस्यहरु नेपाललाई भेट्न गएका हुन् ।
कार्यदलमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले दश बुँदे सहमतिको बारेमा माधव नेपाललाई जानकारी गराउन आफूहरु गएको बताए ।
यसअघि कार्यदलका माधव नेपाल पक्षधर संयोजक भीम रावलले सोमवार साँझ बालुवाटार पुगेर ओलीलाई सहमतिको मस्यौदा बुझाएका थिए ।
आजै अपरान्ह १ बजे एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकमा माधव पक्षका नेताहरुको सहभागिताका बारेमा सो समूहमा छलफल भइरहेको छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

