प्रदेश २ सरकारमा माओवादीको इन्ट्री,साह मन्त्री र कर्ण राज्यमन्त्री बन्ने

१ श्रावण २०७८, शुक्रबार १९:३२ प्रकाशित

काठमाडौं १ श्रावण :
प्रदेश नम्बर २ को सरकारमा नेकपा माओवादी केन्द्रको इन्ट्री हुनेभएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको प्रमुख सचेतक दिलीपकुमार साहले जानकारी दिए ।
साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । साह र कर्णले शनिबार नै मन्त्री पदमा शपथ लिन लागेको सचेतक साहले बताए ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको छनोट गरे पनि मन्त्रालयको टुंगो लाग्न सकेको छैन् । स्रोतका अनुसार माओवादीलाई अर्थ वा सामाजिक विकास मन्त्रालय दिने तयारी गरिएको छ । यो दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री छन् ।

१ श्रावण २०७८, शुक्रबार १९:३२  मा प्रकाशित

Write your Comment