राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

३ श्रावण २०७८, आईतवार १५:१४ प्रकाशित

काठमाडौं ३ श्रावण :
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि ओली सरकारको पालामा जारी भएको यो अध्यादेशको चर्को विरोध हुँदै आएको थियो । र, यही अध्यादेशका आधारमा गरिएको संवैधानिक नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

३ श्रावण २०७८, आईतवार १५:१४  मा प्रकाशित

Write your Comment