थप १८०१ जनामा कोरोना संक्रमण ,१६६७ जना संक्रमणमुक्त,२३ जनाको मृत्यु

३ श्रावण २०७८, आईतवार १८:०१ प्रकाशित

काठमाडौं ३ श्रावण :
बितेको २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । त्यसैगरी १६६७ जना संक्रमणमुक्त भएका छन् ।

३ श्रावण २०७८, आईतवार १८:०१  मा प्रकाशित

Write your Comment