प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत प्राप्त

३ श्रावण २०७८, आईतवार २२:०० प्रकाशित

काठमाडौं ३ श्रावण :
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनीधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले राख्नुभएको प्रस्तावको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । यो संगै उहाँको प्रधानमन्त्री पद आगामी कार्यकालका लागि सुरक्षित भएको छ ।

प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमाले खनाल- नेपाल समूह, राष्ट्रिय र जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

३ श्रावण २०७८, आईतवार २२:००  मा प्रकाशित

Write your Comment