इराकमा बम विस्फोटन : २५ जनाको मृत्यु, दर्जनौं घाइते

५ श्रावण २०७८, मंगलवार ०८:११ प्रकाशित

इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको सुरक्षा स्रोतहरूले जनाएका छन्।

विस्फोटन एउटा व्यस्त बजारमा भएको थियो।

सर्वसाधारणहरूले मङ्गलवार मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो।

पछिल्लो छ महिनामा त्यहाँ भएको यो सबैभन्दा घातक विस्फोटन हो ।
इस्लामिक स्टेट (आईएस) समूहले घटनाको जिम्मेवारी लिएको छ।

इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो।

५ श्रावण २०७८, मंगलवार ०८:११  मा प्रकाशित

Write your Comment