बरिष्ठ नेता नेपाल र अध्यक्ष यादवसँग छलफल गरेपछि प्रचण्ड बालुवाटारमा

५ श्रावण २०७८, मंगलवार १०:५७ प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।
कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्। प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार गएको श्रोतले बतायो ।

प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन् ।

५ श्रावण २०७८, मंगलवार १०:५७  मा प्रकाशित

Write your Comment