एनआरएनए मलेसियाको अध्यक्षमा थापा,महासचिवमा क्षेत्री निर्विरोध निर्वाचित

५ श्रावण २०७८, मंगलवार १४:५७ प्रकाशित

गैरआवासिय नेपाली संघ मलेसियाको अध्यक्षमा विनोदवहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रन्जितकुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन् ।

उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । सदस्यमा वीरेन्द्र कार्की, बिष्णुप्रसाद बराल,सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी,पासाङ लामा निर्विरोध भएका छन् । आईसीसी सदस्यहरु तथा उपाध्यक्षमा मात्र सहमतिको प्रयास हुन बाँकी छ ।

सहमतिको लागि प्रयास भैरहेको जनाइएको छ । अहिलेसम्म मलेसियामा एनआरएनको चुनाव भएको छैन । मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ ।
मलेसियामा हाल ५२५९ जना पन्जीकृत सदस्यहरु छन् । यो मलेसियाको एनआरएनको इतिहासमै सवैभन्दा धेरै संख्या हो ।

थापाको काँधमा अव सबै एनआरएनलाई मिलाएर लैजानु, एनआरएनलाई मजदूरमुखी बनाउनु र दूतावाससँग समन्वय गर्दे नेपाली मजदूरका मुद्दालाई उठाउनुका साथै नेपालका लगानीको वातावरण मिलाउनुसम्मको चुनौती थपिएको छ ।

५ श्रावण २०७८, मंगलवार १४:५७  मा प्रकाशित

Write your Comment