मनाङमा बाढीले झोलुंगे पुल बगायो

६ श्रावण २०७८, बुधबार ११:१० प्रकाशित

मनाङ ६ श्रावण :
मनाङको चामे बजारमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएरातिको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएको मनाङका सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले जानकारी दिनुभयो ।

झोलुंगे पुल बगाएपछि आवातजावतमा समस्या भएको छ । यस्तै चामेको कोतो बजारबाट नार्पाभूमितर्फ जाने अर्को झोलुंगे पुल पनि जोखिममा परेको छ । बाढीले त्यो झोलुंगे पुल बगाउने जोखिम भएपछि आवतजावतमा रोक लगाइएको पन्थीले जानकारी दिनुभयो । नार्पाभूमितर्फ जाने अर्को विकल्प नभएकाले त्यहाँका बासिन्दालाई समस्या भएको छ ।
गएको असार १ गतेदेखिको बाढीले मनाङमा धेरै क्षति पुर्याएको छ । बाढीले सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा हुनेबित्तिकै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको छ ।

६ श्रावण २०७८, बुधबार ११:१०  मा प्रकाशित

Write your Comment