पुष्पलाल स्मृति दिवश कलैयामा मनाइयो,अध्यक्ष ओलीका कारण एमाले संकटमा पर्यो -नेता पौडेल

७ श्रावण २०७८, बिहीबार १९:५६ प्रकाशित

बारा ७ श्रावण :
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान,नेपालको आयोजनामा कलैयामा बिशेष कार्यक्रम सम्पन्न गरीएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले कम्युनिष्ट पार्टीमा ब्यक्ती नभएर निती प्रधान हुने भन्दै अध्यक्ष ओलीका कारण पार्टीमा समस्या सृजना भएको बताउनु भयो । अध्यक्ष ओलीको दंम्भका कारण नेकपाको दुई तिहाई गयो,एमाले १२१बाट घटेको घटैछ ,दुईतिहाइ सरकार भएको पार्टी प्रतिपक्षमा पुगेको छ ,एमाले बिघटनको दिशामा जादै छ, यसको जिम्मेवारी अध्यक्ष ओलीले लिनु पर्छ , उहाँको भनाइ थियो । अव सबैले रिस राग दंम्भ त्यागेर पार्टीलाई एकबद्ध बनाएर अघि बढनु पर्ने उहांको भनाइ थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश कुमार राईले पार्टी एकबद्ध बनाउन सबैले नेतृत्व लाइ दवाव दिनु पर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले बाराका अध्यक्ष तथा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले पार्टीलाई जेष्ठ २ अघिको अवस्थामा फर्काएको भनेतापनि हालकै संरचनाबाट सञ्चालन गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले जिल्लाको संस्थापन आफुहरु भएको उल्लेख गर्दै अर्को पक्षले समानान्तर जिल्ला अध्यक्ष र सचिव चयन गरेको प्रष्ट पार्नु भयो ।


पुष्पलाल स्मृति प्रतिष्ठान बाराका अध्यक्ष पलट प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी नेतृ सिता गुरुङ, एमाले नेताहरु श्रीप्रसाद पासवान, देव नारायण चौधरी , मनोज पौडेल,महमद समिउल्लाह, अनिल मैनाली,कौशल किसोर सिंह लगायतले पुष्पलालले कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रम निर्माण व्यवसायी सङ्घ कलैयाको हलमा सम्पन्न भएको हो ।

७ श्रावण २०७८, बिहीबार १९:५६  मा प्रकाशित

Write your Comment