जसपाका नेता तथा संबिधानसभा सदस्य गुप्ता जेल चलान

८ श्रावण २०७८, शुक्रबार १८:४५ प्रकाशित

बारा ८ श्रावण :
जसपाका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ३ का संबिधानसभा सदस्य प्रमोद गुप्ता र जसपा जिल्ला प्रवक्ता अरुण कुमार सिंहलाई बारा जिल्ला अदालतले बिरगन्ज कारागार चलान गरेको छ ।
मधेश आन्दोलनको क्रममा २०७४ सालमा कलैया अस्पतालक गाडिमा आगजनि गरीएको मुद्दामा गुप्ता र सिंहमाथी जिल्ला अदालतले ६ महिना कैद र करिब १०/१० लाख रुपया बिगो असुल उपर गर्ने आदेश भएको थियो । सोहि मुद्धाको क्रममा गुप्ता र सिहं बिहिबार बारा जिल्ला अदालत कलैयामा उपस्थित भएका थिए ।

८ श्रावण २०७८, शुक्रबार १८:४५  मा प्रकाशित

Write your Comment