टोकियो ओलम्पिक : अमेरिकाले पौडीमा खोल्यो स्वर्णको खाता

१० श्रावण २०७८, आईतवार ११:४२ प्रकाशित

३२औं गृष्मकालीन ओलमपिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले आफ्नो पहिलो स्वर्ण पदक जितेको छ ।

जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् ।
कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समय सहित स्वर्ण जिते ।

यस्तै अमेरिकाकै जे लिथरल्याण्डले ४ मिनेट १०.२८ सेकेण्ड समय निकाल्दै रजत जिते भने अष्ट्रेलियाका स्मिथ ब्रेण्डनले कास्य जिते ।

स्वर्णको खाता खोलेपछि अमेरिकाले टोकियो ओलम्पिकमा कुल ७ पदक जितिसकेको छ। एक स्वर्ण तीन रजत र तीन कांस्यहसति अमेरिका तेस्रो स्थानमा छ । चीनले तीन स्वर्ण र आयोजक जापानले २ स्वर्ण जितिसकेको छ ।

१० श्रावण २०७८, आईतवार ११:४२  मा प्रकाशित

Write your Comment