जसपा अध्यक्ष ठाकुरको रिट रेग्मीको एकल इजलासमा

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

निर्वाचन आयोगको आदेश विरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले दर्ता गरेको रिट निवेदन न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने भएको छ ।

दलभित्रको विवाद निरुपणका लागि केन्द्रीय कार्यकारिणी समितीका पदाधिकारीहरुको सनाखत गराउने भनी निर्वाचन आयोगले दिएको आदेश विरुद्ध ठाकुर सर्वोच्च अदालत गएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले उक्त निवेदन रेग्मीको इजलासमा तोकेका हुन् ।

तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को आधिकारिकता विवादमा क्षेत्राधिकार बाहिर गएर आदेश गरेको भनी न्यायाधीश रेग्मी सहित इजलासमा रहेका अर्का न्यायाधीश बमकुमार श्रेष्ठको आलोचना हुने गरेको छ ।

रेग्मी सहितको इजलासले एमाले र माओवादी केन्द्र अलग अस्थित्वमा हुने भनी गरेको आदेशका कारण राजनीतिक रुपमा अप्ठेरोमा परेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा भएको थियो ।

अहिले पनि जनता समाजवादी दल दुई खेमामा बाडिएका बेला त्यस्तै प्रकृतिको निवेदन न्यायाधीश रेग्मीको इजलासमा परेको हो ।

जसपा नेता ठाकुरको निवेदन आठौं नम्बरमा छ । उक्त निवेदनमाथि भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुनुवाई हुनेछ ।

२०७८ श्रावण १०, आईतबार  मा प्रकाशित

Write your Comment