पर्सागढी नगरपालिकालाई निहित स्वार्थका लागी बदनाम गराएको नगर प्रमुख यादवको आरोप

११ श्रावण २०७८, सोमबार २२:२७ प्रकाशित

जितपुर ११ श्रावण :
पर्साको पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थका लागि नगरपालिकालाई बदनाम गराएको आरोप लगाएका छन् । केही दिन अघि विभिन्न मिडियामा पर्सागढी नगरपालिकाको विषयलाई लिएर आएको समाचारको खण्डन गर्दै मेयर यादवले केही व्यक्तिले आफ्नो निहित स्वार्थमा रहेर मिडियामा समाचार लेख्न लगाएकोप्रति गम्भीर आपत्ति जनाए ।

नगरपालिकाको वडा नं. ८ हरपुरको सभाहलमा आईतबार आयोजना गरीएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख यादवले प्रशासनिक तथा आर्थिक अराजकता मार्फत अनुचित लाभ लिने आकांक्षा राख्ने केही कर्मचारीको संलग्नतामा बिना प्रमाण नगरपालिकालाई इन्गितगरेर प्रकाशित समाचारप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए । यसअघि आएको समाचारसँग सबन्धित भएका सो नगरपालिकाका लेखा अधिकृत राम कुमार कुशवाहाले आर्थिक वर्षको अन्तिम दिन ३० गते आफ्नो नजिकैको व्यक्तिको चेक काटेर २ बजे अफिसबाट बिना सूचना गएपछि उपभोक्ता र अन्यको गरी करोडौं रकम फ्रिज गराएको मेयर यादवले पत्रकार सम्मेलनमा बताए ।
लेखा अधिकृत कुशवाहाले नगरप्रमुख र प्रशासकीय अधिकृत सबै उनको ईशारामा चल्नु पर्दछ भन्ने दिवा सपना बोक्न खोज्नु उनको ठूलो भ्रम र भुल रहेकोले मेयर र प्रशासकिय अधिकृत टसका मस नभएपछि लेखा अधिकृत कुशवाहाले कार्यालयलाई बन्दक बनाउन खोजेको मेयर यादवको आरोप छ । लेखा अधिकृतले चेक काट्ने माध्यमको पासवाड चेन्ज गरी मोबाइल अफ गरेर सम्पर्क विहिन रहेको पत्रकार सम्मेतलमा बाँडिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै, प्रशासकीय अधिकृतलाइ कुनै दबाब र नातावादको आधारमा सरुवा भई नआएको र नल्याएको प्रमुख यादवले स्पष्ट पार्नुभयो । संघिय मन्त्रालयले पठाएर उहा अफिसमा हाजिर भएपछि मात्र आफुसंग पहिलो भेट र चिनजान भएको प्रमुख यादवले बताउनुभयो ।
त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै सो नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष किशुनदेव यादवले पालिकामा सूचना माग्नेलाई नियमानुसार सबैलाई सूचना उपलब्ध गराएको दाबी गरे ।

नगरपालिकाका प्रमुख यादवको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, वडाका वडा अध्यक्षहरु र विभिन्न सन्चारमाध्यमा आवद्ध सन्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

११ श्रावण २०७८, सोमबार २२:२७  मा प्रकाशित

Write your Comment