एन आर एन ए इटलीको अध्यक्षमा छबिलाल कंडेल निर्बिरोध निर्बाचित

१२ श्रावण २०७८, मंगलवार १२:१८ प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति इटालीको सातौ अधिबेशन सम्पन्न भएको छ। अधिवेशनले २०२१ – २०२३ सम्मका लागी छबिलाल कंडेलको अध्यक्षमा ९ सदस्सिय समिति निर्बिरोध निर्बाचित गरेको छ । जसको उपाध्यक्षमा भुवन नियोग लिम्बु ,महासचिबमा भवेश कुमार सिंह,सचिबमाअशोक उप्रेती,कोषाध्यक्षमा दीर्घामाया मगर ,महिला संयोजकमा बिना मगराती,युवा संयोजकमा श्याम खरेल,सदस्यमा सिरज कार्की,आइसिसी सदस्यमा राजन चापागाई निर्बिरोध निर्वाचित हुनुभएको छ ।

रिक्त रहेका पदहरुमा क्षेत्रीय सन्तुलन मिलाउदै नया कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरिने भएको छ।

भर्तुअल अनलाइन मार्फत आयोजना गरिएको उक्त अधिबेशनको सभापतित्त्व संघका अध्यक्ष देवराज गुरुङले गर्नु भएको थियो भने प्रमुख अतिथिमा स्विजरल्याण्ड स्थित राजदुताबास बाट राजदुत मणिप्रसाद भट्टराई रहनु भएको थियो। यसै गरि अधिबेशनको बिशेष अतिथिको रुपमा इटालीको लागि नेपाली कोंसुलर पाओलो नुगारी , गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त ,महासचिब डाक्टर हेमराज शर्मा ,युरोप संयोजक नारायण आचार्य , आइसीसी सदस्य दिपेस कुमार रेग्मी, एन आरएन इटालीका पूर्व बरिस्ठ सल्लाहकार रिचार्ड भण्डारीलगायत इटाली स्थित स्थानीय नेपाली समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो।

१२ श्रावण २०७८, मंगलवार १२:१८  मा प्रकाशित

Write your Comment