माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं,कोभिड नियन्त्रणमा ध्यान केन्द्रित गरौ

१३ श्रावण २०७८, बुधबार १३:१७ प्रकाशित

नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाउनुभएको थियो, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी रहनुभएको थियो ।
पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गर्नुभएको थियो। ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन,पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले कामनाखबरसँग भन्नु भयो । जवाफमा प्रधानमन्त्रीले पनि तपाईंहरुको समस्या बुझेको छु भन्नुभएको थियो । त्यसैगरी कोभिड नियन्त्रण र सरकारका कामकारवाही प्रभावकारी बनाउन सुझाव दिइएको पौडेलले बताउनुभयो ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार डा. पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद विस्तार गर्न भनेको जानकारी दिनुभयो ।

१३ श्रावण २०७८, बुधबार १३:१७  मा प्रकाशित

Write your Comment