एनआरएन ए अस्ट्रेलियाको नेतृत्वका लागी ज्ञानेन्द्र रेग्मी र नन्द गुरुङ बिच प्रतिस्पर्धा

१५ श्रावण २०७८, शुक्रबार १४:०७ प्रकाशित

गैरआवासीय नेपाली संघ (एन आर एन ए )अस्ट्रेलियाको भोलि जुलाई ३१ गते हुने निर्वाचनका डा. ज्ञानेन्द्र रेग्मी र नन्द गुरुङको नेतृत्वमा दुई वटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन । ज्ञानेन्द्र रेग्मीको प्यानलमा सभापतिमा ज्ञानेन्द्र रेग्मी, उपसभापतिमा देवबहादुर गुरुङ, महासचिवमा अच्युत थपलिया रहनुभएको छ । त्यसैगरी सचिवमा तिर्थ राज कार्की, युवा संयोजक महेश पर्साइ रहेका छन् त्यसैगरी सह कोषाध्यक्षमा कर्ण यादव उम्मेदवार रहेका छन । आइ सि सि सदस्यमा राजकुमार अधिकारी, सरोज राज पांडे, मेघराज पौडेल धर्म अधिकारी अनन्त एलेक्स कार्की, दिक्पालदेव पंगेनी, चन्द्रप्रसाद ढकाल र चिनबहादुर नेपाली रहेका छन् । त्यसैगरी कार्यसमितिको सदस्यमा राजु गिरी,अशोक उप्रेती दामोदर अधिकारी,निशान पोखरेल,कृष्ण सुवेदी र कमल भण्डारी रहेका छन् ।
नन्द गुरुङको प्यानलको सभापतिमा नन्द गुरुङ,आइ सिसि सदस्यमा बुद्धि अधिकारी , प्रवेश घिमिरे, महासचिवमा राजु अधिकारी र सचिवमा संध्या साह रहेका छन् ।
रेग्मी र गुरुङको प्यानलले आफूहरुले भोलि हुने निर्वाचनमा जित्ने दाबी गरेका छन् । यो निर्वाचन गैरआवसीय नेपाली संघ अस्ट्रेलियाको लागी कुम्भ मेलाको रुपमा रहेको छ ।

१५ श्रावण २०७८, शुक्रबार १४:०७  मा प्रकाशित

Write your Comment