एक दर्जनबढी एयरलाइन्सले पाए उडानको अनुमति, कुन एयरलाइन्सको फ्लाइट कहिले ?

१८ श्रावण २०७८, सोमबार २१:५४ प्रकाशित

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक भएको छ । एयरलाइन्सले सातामा १५ र हिमालय एयरलाइन्सले सातामा १३ उडान गर्ने गरि उडान तालीका तय भएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अगष्ट २०२१ भर सातामा कुल ६७ उडान गर्ने गरी तालिका सार्वजनिक गरेको हो  ।

नेपाल वायु सेवा निगमले दुबई, मलेसिया, भारतको नयाँ दिल्ली र जापानको नारिताका लागि थप अनुमति पाएको प्राधिकरणले जनाएको छ । नेपाल वायु सेवाले दुवईका लागि साताको दुई (सोमबार र बुधबार), मलेसियाको क्वालालाम्पुरमा साताको दुई (मंगलबार र शुक्रबार), भारतको नयाँ दिल्लीमा साताको तीन (सोमबार, बुधबार र शनिबार( र जापानको नारितामा हरेक बिहीबार उडान गर्ने गरी अनुमति पाएको प्राधिकरणले सूचनामा जनाएको छ । नेपाल एयरलाइन्सले दोहाको कतारमा दैनिक एक उडान गर्ने गरी अनुमति पाएको छ ।

त्यस्तै, हिमालय एयरलाइन्सले मलेसिया, दुबई र कतार दोहाका लागि अुनमति पाएको छ । हिमालयन एयरलाइन्सले  मलेसियाको क्वालालाम्पुरमा (आइतबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार) पाँच उडान गर्ने भएको छ । दुबई इन्टरनेशनल एयरर्पोटमा समेत हिमालयले साताको तीन (सोमबार, बुधबार र शनिबार( उडान गर्नेछ । हिमालयले कतारको राजधानी दोहामा भने साताको पाँच (सोमबार(शुक्रबारसम्म( उडान गर्न अनुमति पाएको प्राधिकरणले जनाएको छ ।

एयर इण्डियाले भारतको राजधानी नयाँ दिल्लीबाट हरेक आइतबार, मंगलबार र शुक्रबार नेपाल उडान गर्नेछ । फ्लाई दुबईले भने दुबईबाट मंगलबार, बुधबार र शुक्रबार गरि सातामा तीन उडान गर्न अनुमति पाएको छ ।

जजिरा एयरवेज, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयरलाइन्स, कतार एयरवेज, सलाम एयर, टर्किस एयरलाइन्स,  सिंगापुर एयरलाइन्सको उडान तालिका सार्वजनिक भएको छ । जजिरा एयरवेज कुवेतबाट हरेक दिन नेपाल उडान भर्ने छ भने कोरियन एयरले हरेक बुधबार काठमाडौं, मालिन्दो एयरको जहाज क्वालालाम्पुरबाट सोमबार, बुधबार र शनिबार काठमाडौंको उडान भर्ने अनुमति पाएका छन ।

त्यस्तै, मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौंमा उडान गर्ने गरि अनुमति पाएको छ । टर्किस एयरलाइन्सले (सोमबार, बिहीबार, शनिबार) नेपाल उडान भर्ने छ भने सिंगापुर एयरलाइन्सले हप्ताको एक दिन आइतबार नेपाल उडानको अनुमति पाएको छ ।

कतार एयरवेजले कतारले कतारको दोहाबाट काठमाडौं दैनिक २ उडान, सलाम एयरले ओमानको मस्कटबाट आइतबार, मंगलबार र बिहीबार नेपालमा जहाजले उडान भर्ने प्राधिकरणले जनाएको छ ।

१८ श्रावण २०७८, सोमबार २१:५४  मा प्रकाशित

Write your Comment