एमाले बारा ४ को बैठक सम्पन्न, पार्टीलाई एकतावद्ध बनाउन नेतृत्वलाई आग्रह

१९ श्रावण २०७८, मंगलवार १७:४७ प्रकाशित

बारा १९ श्रावण :
नेकपा एमालेले बाराका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय विस्तारित भेला तथा बैठक सम्पन्न गरेको छ । क्षेत्र नम्बर १,२ र ३को विस्तारित बैठक यसअघि नै सम्पन्न गरेको थियो भने आज बारा निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटीको बैठक बकुलियामा सम्पन्न गरेको छ । बैठकले पार्टी भित्रको अन्तरविरोध तत्काल समाधान गरी एकताबद्ध पार्टी निर्माणमाका लागि निष्कर्षमा पुर्याउन नेतृत्व संग आग्रह गरेकोछ ।
बैठकले पार्टीको वडा कमिटीको माध्यमबाट पार्टीको संगठित सदस्यता नविकरण अगाडि बढाउन आग्रह गरेको छ ।
बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य दिनेश कुमार राईले पार्टीमा रहेको समस्या विधिवत रुपमा हल गर्नुपर्ने कुरामा जोड दिनुभयो, उहाँले सबैको मेहनेतले पार्टी यो अवस्थामा आएको भन्दै सबैको आत्मसम्मानमा ठेस नपुग्नेगरी नेतृत्व अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
 त्यसैगरी बैठकमा बोल्दै एमालेका नेता तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले अध्यक्ष ओलीका कारण पार्टीमा समस्या आएको उल्लेख गर्दै नेतृत्वले समस्या समाधान गरेर अगाडि बढनु पर्ने कुरामा जोड दिनुभयो ।
नेता पौडेलले मेयर,वडा अध्यक्ष, सांसदको टिकट दिने कुरा त पार्टीमा निर्णय हुन्छ भने  संसद बिघटन,नियुक्ती लगायतका बिषयमा अध्यक्ष ओलीले पार्टी संग कुनै छलफल नगरेर मनपरीतन्त्र चलाएका कारण पार्टी संकटमा परेको स्पष्ट पार्नुभयो ।
क्षेत्र नम्बर ४का अध्यक्ष मनोज पौडेलको सभापतित्वमा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य सिता गुरुङ,एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी,एमालेका नेता श्रीप्रसाद पासवान,इश्वर ढकाल, बिजेन्द्र चौधरी,बिद्या थापा,मालती कुशवाहा,कौशल किसोर सिंह,सरीता राई, अरुण यादव,रमा गुरुङलगायतले बिभिन्न बिषयमा प्रकास पार्नुभएको थियो ।
बैठकको सहजिकरण कृष्ण खनाल र रमेश चौधरीले स्वागत गर्नुभएको थियो ।
१९ श्रावण २०७८, मंगलवार १७:४७  मा प्रकाशित

Write your Comment