आजदेखि सानिमा लाईफकाे आईपीओ खुल्यो,५ लाख ४० हजार जनालाई १०–१० कित्ता पर्ने

२० श्रावण २०७८, बुधबार ०९:५१ प्रकाशित

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० कराेड रूपैयाँ बराबरकाे ६० लाख कित्ता प्रतिकित्ता १०० रुपैयाँ दरले ६० लाख कित्ता गर्न लागेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएकाे छ ।

कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

२० श्रावण २०७८, बुधबार ०९:५१  मा प्रकाशित

Write your Comment