पुर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल

२० श्रावण २०७८, बुधबार १६:०३ प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

नयाँदिल्लीस्थित एपोलो अस्पतालमा बरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको निजी सचिवालयले जनाएको छ ।
खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो ।

२० श्रावण २०७८, बुधबार १६:०३  मा प्रकाशित

Write your Comment