सानिमा लाइफको आईपीओमा पहिलो दिन आज ७ लाख भन्दा बढीको आवेदन

२० श्रावण २०७८, बुधबार २०:०२ प्रकाशित

काठमाडौं २० श्रावण :
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै २.२२ गुणा बढीको आवेदन परेको छ । आजबाट कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन (बुधबार साँझ ५ बजेसम्म) ७ लाख २८ हजार ८ सय ४० जनाले आवेदन दिएका छन् ।
७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको हो । कम्पनीको आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गते आइतबार सम्म रहेको छ ।

२० श्रावण २०७८, बुधबार २०:०२  मा प्रकाशित

Write your Comment