नेप्सेमा पाँच कम्पनीको बोनस शेयर सूचीकृत

२२ श्रावण २०७८, शुक्रबार १६:४९ प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार प्रुडेन्सियल इन्स्योरेन्स,रिलायन्स फाइनान्स, नाडेप माइक्रोफाइनान्स, फरवार्ड लघुवित्त र मिथिला लघुवित्तको गरी ३४ लाख १८ हजार ६८९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को ८ लाख २१ हजार १४५.६० कित्ता बोनस शेयर सूचीकृत भएको छ । इन्सयोरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस वितरण गरेको थियो ।

उक्त बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

रिलायन्स फाइनान्स (RLFL)को पनि ८ लाख ३२ हजार ४१६.०६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षमा शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यस्तै नाडेप लघुवित्त (NADEP) को ३ लाख ६८ हजार कित्ता, फरवार्ड माइक्रोफाइनान्स (FOWAD) को १२ लाख ५१ हजार ३८.५० कित्ता र मिथिला लघुवित्त (MLBBL) को १ लाख ४६ हजार ८९.०१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नाडेपले १० प्रतिशत, फरवार्डले २५ प्रतिशत र मिथिलाले १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

२२ श्रावण २०७८, शुक्रबार १६:४९  मा प्रकाशित

Write your Comment