थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१९ जनाको मृत्यु

२३ श्रावण २०७८, शनिबार १८:०९ प्रकाशित

बितेको २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।

२३ श्रावण २०७८, शनिबार १८:०९  मा प्रकाशित

Write your Comment