बाराको थानी आधारभूत बिध्यालय अमलेखगंजका छात्रालाई साईकल बितरण

२४ श्रावण २०७८, आईतवार १६:१५ प्रकाशित

बारा २४ श्रावण :
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ अमलेखगंजमा रहेको श्री थानी आधारभूत बिध्यालयका छात्रालाई आज एक समारोहका विच साइकल बितरण गरीएको छ । बेटि पढाउ,बेटी बचाउ कार्यक्रम अन्तर्गत ९ जना छात्रछात्रालाई साइकल बितरण गरीएको हो । सो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले सरकारको ध्यान स्वास्थ्य शिक्षामा हुनुपर्ने कुरामा जोड दिनुभयो,उहाँले जबसम्म शिक्षा क्षेत्रको सुधार हुँदैन तबसम्म समाज विकास हुन नसक्ने स्पष्ट पार्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सीता गुरुङले आफ्नो ध्यान यस क्षेत्रको विकासका लागि रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले विद्यालयले पुर्वाधार निर्माणका साथै शिक्षाको गुणस्तरमा पनि ध्यान दिनु पर्ने कुरामा जोड दिँदै अङ्ग्रेजी माध्यमको पढाइमा ध्यान पुर्याउनु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा वडा सदस्य ठुली माया थिगं, सहोदर खानेपानीकि अध्यक्ष भगवती ठकुरी,चेम्बर अफ कमर्स बाराकी कोषाध्यक्ष सिता केसी,मनकामना साकोसका अध्यक्ष सुवास श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम बिध्यालय ब्यावथापन समितिका सदस्य दिनानाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोबिन्द आचार्यको स्वागत र सुजित घलानले सहजिकरण गर्नुभएको थियो ।

२४ श्रावण २०७८, आईतवार १६:१५  मा प्रकाशित

Write your Comment