अमलेखगंजको चकरीको बिध्यालयमा साइकल बितरण

२०७८ श्रावण २४, आईतबार प्रकाशित

बारा २४ श्रावण :
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ चकरीमा रहेको आधारभूत बिध्यालयका छात्रालाई आज एक समारोहका विच साइकल बितरण गरीएको छ । बेटि पढाउ,बेटी बचाउ कार्यक्रम अन्तर्गत १० जना छात्रछात्रालाई साइकल बितरण गरीएको हो । सो कार्यक्रममा प्रदेशसभाका सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, वडा नम्बर २२ का अध्यक्ष मणिकलाल थिगं, संचारकर्मी शारदा पोखरेल, स्थानीय जनप्रतिनिधि, व्यवस्थापन समितिका सदस्य तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment