बितेको २४ घन्टामा १,७५६ जनामा कोरोना संक्रमण पुष्टि, २,२७४ जना संक्रमण मुक्त,२३ जनाको मृत्यु

१८ भाद्र २०७८, शुक्रबार १६:४१ प्रकाशित

बितेको २४ घण्टामा मुलुकभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ भने २ हजार २७४ जना संक्रमण मुक्त भएका छन् ।
हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३० हजार ६६२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ३४४ जनामध्ये ५४० जनाको आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना संक्रमण मुक्त भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

१८ भाद्र २०७८, शुक्रबार १६:४१  मा प्रकाशित

Write your Comment