संघीय संसदको अधिवेशन भदौ २३ गतेका लागि सिफारिस

२०७८ भाद्र १९, शनिबार प्रकाशित

नेपाल सरकारले संघीय संसदको अधिवेशन भदौ २३ गते ४ बजेका लागि बोलाउन सिफारिस गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैको बैठक बोलाउन आह्वान गरेको सरकारका प्रवक्ता कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

सरकारको सिफारिसपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुहुनेछ । गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो ।

Write your Comment