१३औं दक्षिण एसियाली फुटबलमा भारतसँग नेपाल २-१ले पराजित

२०७८ भाद्र २०, आईतबार प्रकाशित

काठमाडौ २० भाद्र :
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आज आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलले जित हासिल हो।

भारतको जितमा फारूख चौधरि र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरेका थिए भने नेपालका लागि तेज तामाङले गोल फर्काएका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक फिनिसिङ गरेका थिए।

८० मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले अग्रता दोब्बर बनाए । काउन्टर आक्रमणमा उनले सहज रूपमा गोल हानेका थिए ।
नेपालका लागि तेजले खेल सकिन तीन मिनेट बाँकी छँदा गोल फर्काए। उनले ८७ मिनेटमा डिबक्स बाहिरबाट मिठो गोल गरेका हुन्।

खेल अबधिभरमा नेपालले पटक पटक गोल गर्ने अवसर पाएता पनि गर्न सकेन। दुवै हाफमा मनिष डाँगीले गोल गर्न चुकेका थिए ।

यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल एक एक गोलको बराबरीमा सकिएको थियो। नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका अनिरुद्ध थापाले बराबरीमा गोल फर्काएका थिए।
दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीस्वरूप मैत्रीपूर्ण खेल खेलेका हुन्।
नेपाली टिम साफ च्याम्पियनसिपको तयारी गर्न कतार जाने तयारिमा छ।

Write your Comment