काठमाडौंमा बाढीको कहर : ३८२ घर डुबानमा,१३८ जनाको उद्धार

२१ भाद्र २०७८, सोमबार ०९:५२ प्रकाशित

काठमाडौंमा अविरल वर्षापछि आएको बाढीले ३ सय ८२ घर डुबानमा परेको छ।
गए रातिदेखि परेको पानीलेबल्खु,कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायतका नदी किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरूको उद्धार गरिएको बताउनु भयो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न सुरु गरेको हो।

उहाका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।
भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ।

मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी र २ नम्बर प्रदेशका अधिकांश ठाउँमा पानी परेको थियो।

२१ भाद्र २०७८, सोमबार ०९:५२  मा प्रकाशित

Write your Comment