तथ्यमा आधारित एमसीसीविरुद्धका आलोचनाको स्वागत गर्ने अमेरिकाको भनाइ

२१ भाद्र २०७८, सोमबार २२:३६ प्रकाशित

अमेरिकाले तथ्यमा आधारित भए एमसीसीविरुद्धका आलोचनाको पनि सर्मथन र स्वागत गर्ने बताएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म भएको उल्लेख गरेको छ।
हामी तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति र छलफलको दरोसँग सर्मथन गर्छौं, चाहे त्यो एमसीसीका बारेमा किन नहोस्,’ भनिएको छ, ‘शान्तिपूर्वक विचार राख्नु लोकतन्त्रको मर्म हो।’समाजिक सन्जालमा भनिएको छ ।

नेपालमा एमसीसी अनुमोदन गर्ने तयारी चलिरहेको भनिएका बेला अमेरिकाले नरमरुपमा प्रस्तुत हुँदै आलोचना पनि स्विकार गर्छौं भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। केही दिन आघी मात्रै सरकारले एमसिसिका केही बुदामा प्रष्ट पार्न आग्रह गर्दै पत्राचार गरेको थियो । एमसिसी नेपालका हितमा न भएकोले सन्सद बाट अनुमोदन न गर्न दबाब दिदै विभिन्न संघ संस्था तथा नागरिक समाजले आन्दोलन गर्दै आएका छ्न ।

२१ भाद्र २०७८, सोमबार २२:३६  मा प्रकाशित

Write your Comment