त्रिभुवन विमानस्थलअघि अगाडिबाट एमसीसीविरुद्ध प्रदर्शन गर्ने पक्राउ

२२ भाद्र २०७८, मंगलवार १४:२२ प्रकाशित

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरुद्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूहलगायतको आव्हानमा युवाहरूले एमसीसीविरुद्ध नाराबाजीसँगै कालो झण्डा देखाएर प्रदर्सन गरेका छन् ।
विमानस्थलको मुख्य गेटअघि गरिएको प्रदर्शनमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।
प्रदर्शनमा उत्रिएका मध्ये निर्ग नवीन, मुक्तान थेवे, संघर्ष दाहाल, प्रेम विश्‍वकर्मा, सम्सेर, गोविन्द भण्डारीसहितलाई प्रहरीले पक्राउ गरेको हो ।
एमसीसी उपाध्यक्ष फतिमा सुमारलगायतका अधिकारी नेपाल आउने तयारी गरिरहेको पूर्वसन्ध्यामा एमसीसी खारेजीका स्वर अझ चर्काउन बिरोध थालिएको छ ।

२२ भाद्र २०७८, मंगलवार १४:२२  मा प्रकाशित

Write your Comment