नेप्से ४४ अंकले घट्यो

२२ भाद्र २०७८, मंगलवार १६:०७ प्रकाशित

काठमाडौ २२ भाद्र :
नेप्से परिसूचक आज ४४.१८ अंकले घट्दै २९३६.६० विन्दुमा रोकिएको छ । हिजो १६१.३१ अंकले बढेको थियो ।
आज १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेचमा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रूपैयाँ कारोबार भएको छ ।

अन्य तथा म्यूचलबाहेकका समूहमा रातो संकेत देखिएको छ । सबैभन्दा धेरै होटल तथा टुरिजम, विकास बैंक, माइक्रोफाइनान्स, ननलाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ६१ करोडको कारोबार भएको छ ।हिजोको तुलनामा आज २ अर्बले कम कारोबार भएको छ ।

२२ भाद्र २०७८, मंगलवार १६:०७  मा प्रकाशित

Write your Comment