सीडीओ कार्यालय धनुषाका नासु चौधरी ८ हजार घुससहित पक्राउ

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

जनकपुर २२ भाद्र :
जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा उमेश चौधरीला ८ हजार रुपैयाँ घूससहितअख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको छ।
नायब सुब्बा चौधरीलाई मंगलबार साँझ घुस रकमसहित पक्राउ गरेको हो ।
जनकपुरधामको क्याम्पस चोकस्थित एक होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

नागरिकताको प्रतिलिपीमा उमेर सच्याइदिने नाममा घूस लिँदै गरेको अवस्थामा पक्राउ परेका चौधरीविरुद्व थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।

२०७८ भाद्र २२, मंगलबार  मा प्रकाशित

Write your Comment