वागमतीमा मन्त्रिपरिषद् विस्तार,६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त,अब १२ सदस्यीय मन्त्रिपरिषद्

२३ भाद्र २०७८, बुधबार १६:०३ प्रकाशित

हेटौंडा २३ भाद्र :
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेर मन्त्रिपरिषद् १२ सदस्यीय बनाउनु भएको छ ।
मुख्मन्त्री शाक्यले आज ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नु भएको हो । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यसैगरि रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा बन्नुब भएको छ भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनु भएको छ ।

त्यसैगरी प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको छ ।
मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी,जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै सपथ खुवाइएको छ ।
केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । अल्पमत मा परेता पनि मन्त्रीपरिषद बिस्तार गरिएको हो ।

२३ भाद्र २०७८, बुधबार १६:०३  मा प्रकाशित

Write your Comment