थप १,६४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ भाद्र २०७८, बुधबार १९:५४ प्रकाशित

बितेको २४ घण्टामा नेपालमा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१३ हजार ४५५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको हो।
यसै अवधिमा २ हजार १६१ जना संक्रमण मुक्त भएका छन् ।
आज १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ।

२३ भाद्र २०७८, बुधबार १९:५४  मा प्रकाशित

Write your Comment