एमसीसी उपाध्यक्ष सुमारले एमाले अध्यक्ष ओलीसँग पहिलो राजनीतिक भेट गर्ने

२४ भाद्र २०७८, बिहीबार १३:०७ प्रकाशित

काठमाडौ २४ भाद्र :
एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली बिहीबार बिहान काठमाडौं आइपुगे संगै आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ ।
उपाध्यक्ष फतिमाको पहिलो भेट पुर्ब प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ । पुर्ब प्रधानमन्त्री ओलीलाई भेट्न सुमार भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ त्यसैगरी ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।
शुक्रबार भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने जनाइएको छ ।
नेपालको चारदिने भ्रमणका लागि आजै एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हो। काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाउनुभएको थियो । नेपाल आइपुगेको उपाध्यक्ष सुमार सहितको टोलि नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ ।

२४ भाद्र २०७८, बिहीबार १३:०७  मा प्रकाशित

Write your Comment