अध्यक्ष ओलिलाइ बालकोटमा भेट्यो,एमसीसी उपाध्यक्ष फातिमा नेतृत्वको प्रतिनिधिमण्डलले

२०७८ भाद्र २४, बिहिबार प्रकाशित

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली पुर्ब प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलकोट्मा भेट गरेको छ ।
महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमार सहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो। सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका थिए ।
दुई पक्षबीच एमसीसीका बारेमा कुरा भएको बताइएको छ। एमाले पछिल्लो समय एमसीसीबारे अनिर्णित भएको अवस्थामा फातिमासहितको टोलीले अध्यक्ष ओलीसँग पहिलो राजनीतिक भेटघाट गरेको हो।

Write your Comment