थप १२७१ जनामा कोरोना संक्रमण, १,८४५ जना संक्रमणमुक्त,१४ जनाको मृत्यु

२४ भाद्र २०७८, बिहीबार १७:४१ प्रकाशित

बितेको २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको र संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

बिहीबार थपिएको संक्रमीत सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । तीमध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका सन्क्रमित मध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

त्य्सैगरि १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०५ जनामा कोरोना संक्रमण देखिएको स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

२४ भाद्र २०७८, बिहीबार १७:४१  मा प्रकाशित

Write your Comment