शेयर कारोबार : साताको अन्तिम दिन ४ कम्पनीका लगानीकर्ता मालामाल

२४ भाद्र २०७८, बिहीबार १८:५३ प्रकाशित

काठमाडौं २४ भाद्र :
साताको अन्तिम कारोबारको दिन आज विभिन्न ४ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उच्च दरमा सेयर मूल्य वृद्धि हुने अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।
आज हिमालयन पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५३ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५८५ रुपैयाँ २० पैसा कायम भएको छ ।
त्यसैगरी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँ ७० पैसाले वृद्धि भई ५४७ रुपैयाँँ १० पैसा पुगेको हो ।
त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको पनि ९.२२ प्रतिशत अर्थात प्रतिकित्ता ५९ रुपैयाँ ९० पैसाले वृद्धि भई ७०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
आजै ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त कम्पनीको मूल्य ८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ५४० रुपैयाँ कायम भएको छ ।
आज शेयरमूल्य बडने कम्पनीमा माउनटेन हाइड्रो नेपाल, युनियन हाइड्रोपावर,अपि पावर, अनआईबिएल, समृद्धि फण्ड–१, साधाना लघुवित्त वित्तीय संस्था, शिवश्री हाइड्रोपावर, बरुण हाइड्रोपावरका लगानीकर्ताहरुले कमाएर मालामाल भएका छन् ।

२४ भाद्र २०७८, बिहीबार १८:५३  मा प्रकाशित

Write your Comment