अर्जेन्टिनाका कप्तान लिओनल मेसीले गरेको ह्याट्रिकबाट अर्जेन्टिनाले विश्वकप फुटबलकाे दक्षिण अमेरिकी छनोटमा बाेलिभियालाई पराजित गरेकाे छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-०ले पराजित गरेकाे हो ।
खेल शुरु भएकाे १४ औं मिनेटमै गाेल गर्दै अग्रता दिलाएका मेसीले दाेस्राे हाफमा दुई गाेल गरे । उनले ६४ औ मिनेटमा दाेस्राे गाेल गरेका थिए भने ८८ औ मिनेटमा तस्राे गाेल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
मेसी ह्याट्रिकपछि दक्षिण अमेरिकी महादेशबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गाेल गर्ने खेलाडी बनेका छन । त्यसका लागि उनले ब्राजिलका पेलेलाई पछि पारेका छन। मेसीले अर्जेन्टिनाका लागि ७९ गाेल गरेका छन् ।पेलेले ब्राजिलका लागि ७७ गाेल गरेका छन् ।
जितपछि छनाेटमा अर्जेन्टिना ८ खेलमा १८ अंकसहित दाेस्राे स्थानमै छ । बोलिभिया ९ खेलबाट ६ अंकका साथ नवौं स्थानमा छ ।
यस्तै अन्य खेलमा उरुग्वेले ईक्वेडरलाई १-० ले पराजित गरेकाे छ । काेलम्बियाले चिलीलाई ३-१ ले तथा पाराग्वेले भेनेजुएलालाई २-१ ले हराएकाे छ ।