नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन न सक्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
काठमाडौंको नख्खु कारागारमा थुनामा रहेका आलमले रौतहट जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका हुन् ।