एमाले छाडेर सनाखत गरेका प्रदेश सांसदलाई आयोगले दियो एकीकृत समाजवादीको मान्यता

२५ भाद्र २०७८, शुक्रबार १९:५९ प्रकाशित

काठमाडौं २५ भाद्र :
नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)तर्फ सनाखत गरेका प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ ।

आयोगले यहि भदौ२२ गते सम्म दल रोज्नका लागि समय दिएको थियो । सोही समयमा प्रदेश १ मा १० प्रदेस सांसदले एकीकृत समाजवादी रोजेका थिए । उनीहरुमध्ये पाँच जना प्रत्यक्ष निर्वाचित र पाँच जना समानुपातिक सांसद हुन् ।
प्रदेश २ मा १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादीतिर लाग्ने मध्ये ९ जना प्रत्यक्ष निर्वाचित हुन् ।

त्यसैगरी बागमती प्रदेशमा पनि ९ प्रत्यक्ष निर्वाचित र ४ समानुपातिक सांसदलाइ एकीकृत समाजवादी पार्टीको मान्यता दिइएको छ । लुम्बिनीमा एक समानुपातिक सांसदले नयाँ दलको मान्यता पाएका छन् ।

त्यसैगरि कर्णाली प्रदेसमा एक समानुपातिक र दुई प्रत्यक्ष निर्वाचित सांसदले एकीकृत समाजवादीको मान्यता पाएका छ्न भने सुदूरपश्चिम प्रदेशका १४ सांसदले एकीकृत समाजवादीको मान्यता पाएका छन् । उनीहरुमध्ये सात समानुपातिक र सात प्रत्यक्ष निर्वाचित हुन् ।

२५ भाद्र २०७८, शुक्रबार १९:५९  मा प्रकाशित

Write your Comment