सन्दीपको सानदार बलिङ र रोहितको उत्कृष्ट ब्याटिङले नेपाल विजयी

२५ भाद्र २०७८, शुक्रबार २२:३४ प्रकाशित

काठमाडौं २५ भाद्र :
रोहित पौडेलको सानदार ब्याटिङ र सन्दीप लामिछानेको उत्कृष्ट बलिङ्गले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको छ ।
नेपालको सशक्त बलिङसामु निरिह बनेको पिएनजीले २० ओभर पनि खेल्न सकेन । नेपालविरुद्ध २ सय ३४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.१ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा सीमित भयो ।

अल अमेरत क्रिकेट मैदानमा नेपालकालागि शानदार बलिङ गरेका सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । यस्तै, सुशन भारी, विक्रम शोब र सोमपाल कामीले १/१ विकेट लिए ।
पिएनजीका लागि लेगा सियाकाले १९ तथा चार्ल्स अमिनीले १६ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि, रोहित पौडेलको अर्धशतक प्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडीआईमा २ सय ३४ रनको लक्ष्य दिएको थियो ।

मध्यक्रमका युवा ब्याटसम्यान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले पिएनजीलाई २३४ रनको लक्ष्य दिएको छ । आठौं नम्बरमा आएका बलर करण केसीले आक्रामक पारी खेल्दै नेपालको स्कोर उकास्न मद्दत गरेका थिए ।

खराब सुरुआत र खराब समापन गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल बनाएको थियो ।

ओपनरद्वय १३/३ रन बनाएर पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान गरेका थिए । ओमानको अल अमेरत क्रिकेट मैदानमा ७० बलको सामना गरेका ज्ञानेन्द्रले ३ चौका र २ छक्कासहित महत्त्वपूर्ण ४५ रन जोडेका थिए ।

त्सस्तै युवा ब्याट्सम्यान रोहितको शानदार अर्धशतकीय इनिङसँगै नेपालले सम्मानजनक योगफल तयार गर्‍यो । नेपालका लागि १२३ बलको सामना गरेका रोहितले २ चौका र ३ छक्कासहित ८६ रन जोडे ।

त्यस्तै, करण केसी २६ बलमा ४२ रन जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारीले १७ रन जोडे ।

पिएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भानुवा र कबुआ मोरेयाले २/२ विकेट लिए । यस्तै, चार्ल्स अमिनीले पनि एक विकेट लिए ।

त्रिदेशीस एकदिवसीय शृंखलाको तयारी स्वरुप खेलिएको पहिलो खेलमा मंगलबार नेपाल २ विकेटले विजयी भएको थियो भने यो दोस्रो खेल थियो ।

नेपालले ओमान र अमेरिकासँग सोमबारदेखि एकदिवसीय शृंखला खेल्ने छ ।

२५ भाद्र २०७८, शुक्रबार २२:३४  मा प्रकाशित

Write your Comment