मकवानपुरमा फर्कियो एमाले जेष्ठ २ अघिकाे संरचनामा,उपाध्यक्ष लम्सालको अध्यक्षतामा बैठक सन्चालन

२६ भाद्र २०७८, शनिबार १३:४७ प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले), मकवानपुरकाे बैठक उपाध्यक्ष बद्री लम्सालको अध्यक्षताम बसेको छ । पार्टीकाे केन्द्रीय निर्देशन अनुरूप १० बुँदे सहमति कार्यान्वयन गर्दै २०७५ जेष्ठ २ गते अघिकाे जिल्ला कमिटी क्रियाशिल बनाएर तत्कालिन उपाध्यक्ष बद्रि प्रसाद लम्सालकाे अध्यक्षतामा र सचिव एकालाल श्रेष्ठको सञ्चालनमा बैठक आयोजना गरिएको एमाले मकवानपुरका नेता नवीन सिग्देलले जानकारी दिनुभयो । बैठकमा एमालेका पाेलिटव्यूराे सदस्य काशीनाथ अधिकारीकाे प्रमुख आथित्यता र केन्द्रिय सदस्यहरू डाेरमणि पाैडेल,रामेश्वर राना तथा प्रदेश कमिटीका सदस्यहरूकाे उपस्थिति रहेकाे एमाले नेता सिग्देलले बताउनु भयो ।जिल्ला अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष मुनु सिग्देल नेकपा एसमा लागेपछि उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा बैठक आयोजना गरिएको हो । यसअघि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका दुईवटा बिचार समूह रहँदा मुनु सिग्देल नेतृत्वको जिल्ला कमिटी वरिष्ठ नेता नेपाल विचार समूहमा रहेको थियो भने अध्यक्ष केपी ओली विचार समूहको जिल्लाको नेतृत्व सचिब एक लाल श्रेष्ठले गर्दै आएका थिए । यस अघि उपाध्यक्ष लम्साल सिग्देल नेतृत्वकै कमिटीको उपाध्यक्षमा रहेका थिए । पार्टी विभाजनपछि विभाजनको पक्षमा नलाग्ने र आफु एमालेमै रहने भनेर एमालेमा रहेपछि उपाध्यक्ष लम्सालको अध्यक्षतामा आज बैठक बसेको हो ।

२६ भाद्र २०७८, शनिबार १३:४७  मा प्रकाशित

Write your Comment