थप ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१३६८ जना संक्रमण मुक्त,१२ जनाको मृत्यु

२६ भाद्र २०७८, शनिबार १६:४८ प्रकाशित

बितेको २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम हो । बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।

२६ भाद्र २०७८, शनिबार १६:४८  मा प्रकाशित

Write your Comment