निजगढबाट जाली नोटका संगठित कारोबारिको गिरोह पक्राउ,थप पुष्टि हुन बाँकी

२६ भाद्र २०७८, शनिबार २१:२५ प्रकाशित

बाराको निजगढ बजारमा रहेको तारा इन होटेलबाट शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली नोट छाप्ने र कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको बताइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) काठमाडौंबाट खटिएको प्रहरीद्वारा बिगत ७ महिना देखी उनिहरु माथि निग्रानी गर्दै आएको सीआईबी श्रोतले बताएको छ । सीआईबीले कती जनालाई प्रकाउ गर्यो भने बताएको छैन । श्रोतका अनुसार ४ जना रहेको बताइएको छ तर उनीहरुको पहिचान भने खुलाएको छैन ।सीआईबीले हाल सम्म कती रकम बरामत गरेको खुलाएको छैन, एक अधीकारीका अनुसार बिहान ६ बजे बाट निगरानी गरेको र कारीब १० बजे उनिहरुलाई पक्राउ गरेको बताएको छ ।

२६ भाद्र २०७८, शनिबार २१:२५  मा प्रकाशित

Write your Comment